Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमले सित्तैमा सिमकार्ड दिने

निशा हुमाँगाई

शुक्रबार, २३ जेठ २०७७, १२ : १४ मा प्रकाशित

नेपाल टेलिकमले सित्तैमा सिमकार्ड दिने

अर्थ संसार, काठमाडौं - नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएकाे छ ।  टेलिकमले विदेशबाट फर्किने नेपालीलाई निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको हाे ।

विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस (काेभिड-१९) का कारण विदेशमा दुःख पाएका नेपालीलाई सरकारले आज (शुक्रबार) देखि स्वदेश फर्काउने निर्णय गरेको छ ।

विदेशबाट फर्किएका नेपालीका लागि एक लाख सिमकार्डको व्यवस्था गरिएकाे टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिएका छन् । यसैगरी, सिम प्राप्त गर्न नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, ट्राभल डकुमेन्ट वा परिचय झल्कने अन्य कागजात उपलब्ध गराउनु पर्ने पनि उनले बताएका छन् । 

त्यस्तै, टेलिकमले उपलब्ध गराएका यस सिमकार्डले गर्दा प्रयोगकर्ताले आफन्तसँग सम्पर्क गर्न सहज हुनुका साथै नेपाल फर्किएपश्चात उनीहरुको स्वास्थ्य अवस्था तथा सम्पर्कमा आउने व्यक्तिको सूची तयार गर्न सम्बन्धित निकायलाई सहज हुने समेत टेलिकमले विश्वास गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको