Like us!
Follow us!
Connect us!
Watch us!

डिस्चार्ज भएर फर्किए थप ४३ जना संक्रमित

निशा हुमाँगाई

शुक्रबार, २३ जेठ २०७७, १६ : ५५ मा प्रकाशित

डिस्चार्ज भएर फर्किए थप ४३ जना संक्रमित

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आज (शुक्रबार) कोरोना भाइरसबाट संक्रमित थप ४३ जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या ३३३ जना पुगेको छ । जसमध्ये २७२ जना पुरूष र ६१ जना महिला रहेका छन् । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ४३ जना डिस्चार्ज भएका जानकारी दिएका हुन् । 

धरानबाट ३ जना, विराटनगरस्थित कोशी अस्पतालबाट २७ जना, बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र लायन्स डेन्टल अस्पतालको आइसोलेनमा रहेका १३ जना डिस्चार्ज भएका हुन् ।

त्यसैगरी, हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ जनाकाे मृत्यु भएकाे छ भने संक्रमितकाे संख्या २ हजार ९ सय १२ जना पुगेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको