Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो हुनेछ आजको मौसम

अर्थ संसार

शनिबार, २४ जेठ २०७७, ०८ : ५८ मा प्रकाशित

यस्तो हुनेछ आजको मौसम

अर्थ संसार, काठमाडौं - शनिबार बिहान देशभरी नै सामान्यदेखि पूर्ण बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान गरे अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव परेको छ ।

 प्रदेश १, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बाग्मती प्रदेशका केही स्थानहरुमा हल्का र मध्यम वर्षा भइरहेको छ । भने प्रदेश ५ र प्रदेश २ का थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

शनिबार दिउँसो प्रदेश १, प्रदेश २, बाग्मती प्रदेशमा पूर्ण बदली हुनेछ । गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश ५ मा सामान्य बदली हुने अनुमान गरिएको छ ।

यस्तै, प्रदेश १,२, र बागमती प्रदेशका  केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ बाँकी  प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको  सम्भावना रहेको छ।

त्यस्तै, राति  प्रदेश १ र बागमती प्रदेशमा पूर्ण बदली हुने पूर्वानुमान गरिएको छ भने बाँकी प्रदेशमा सामान्य बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केहि र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको