Like us!
Follow us!
Connect us!
Watch us!

जिम्बाबे नेपालको साना उद्योगको विकासमा सघाउने

सोमबार, १४ चैत्र २०७३, ११ : ३० मा प्रकाशित

जिम्बाबे नेपालको साना उद्योगको विकासमा सघाउने

अर्थ संसार
काठमाडौं–जिम्वावे सरकारले नेपालको लघु, साना तथा मझौला उद्योगको विकासमा पारस्परिक सहयोग गर्ने अभिरुची देखाएको छ ।

जिम्बाबेका लघु, साना तथा मझौला उद्योग विकास सम्वन्धि मन्त्री यस जिजि नियोनीको नेतृत्वमा नेपालको ५ दिने भ्रमणमा रहेको प्रतिनिधी मण्डल र उद्योग मन्त्रालयका प्रतिनिधी मण्डलबीच भएको छलफलमा जिम्बाबेका तर्पmबाट यस्तो अभिरुची व्यक्त गरिएको हो । 

छलफलका अवसरमा जिम्बाबेका लघु, साना तथा मझौला उद्योग विकास सम्वन्धि मन्त्री नियोनीले खास गरी नेपालका ४ वटा लघु उद्यमका क्षेत्रमा नेपालले अवलम्वन गरेको रणनीति, लघुु उद्यमलाई पर्यटनसँग जोडेर विकास गर्ने कार्यक्रम लघु उद्यमीको वित्तिय पहूँच विस्तारमा नेपालले अवलम्वन गरेको रणनीति र नेपालको पदयात्रा क्षेत्रमा नेपालले गरेको प्रगतिका वारेमा नेपाल र जिम्बाबेबीच सहयोगको आदान प्रदान गर्न चाहेको बताइन् । 

    खनिज उत्खननका क्षेत्रमा नेपालको तुलनामा जिम्वावेले धेरै प्रगति हासिल गरिसकेको बताउँदै मन्त्री नियोनीले जिम्बाबेको अनुभवबाट नेपालले धेरै कुरा सिक्न सक्ने भन्दै दक्षिण दक्षिण सहयोगलाई विस्तार गर्न आफुहरु ईच्छुक रहेको बताइन् ।

यी बिषयहरुमा पारस्परिक सहयोग आदन प्रदानका लागि जिम्बाबे र नेपाल सरकारबीच सहमति पत्रमा हस्ताक्षर गरेर सहयोगको प्रकृया अगाडी बढाउन चाहेको प्रतिवद्धता व्यक्त गरिन् । उद्योग मन्त्री नवीन्द्रराज जोशीले खनिज उत्खननका सम्वन्धमा जिम्बाबेको अनुभव नेपालका लागि पनि अनुकरणीय रहने भन्दै लघु, साना तथा मझौला उद्योगको विकासमा सहयोग आदान प्रदान गर्न  सकिने बताए । 

नेपालले लघु साना तथा मझौला उद्योगको विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै मन्त्री जोशीले यसले ग्रामिण रोजगारी बृद्धि गर्ने भएकाले गरीवि निवारणमा समेत सघाउ पु¥याउने बताए । नेपाल विदेशी लगानी आकर्षित गर्न अनुकूल नीति निर्माणको क्रममा रहेको भन्दै मन्त्री जोशीले नेपालमा लगानी गरेर फाईदा लिन सक्ने अहिले उपयुक्र अवसर रहेको बताउनु भयो ।

छलफलमा नेपालका तर्पबाट उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादे, उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोईराला, उद्योग मन्त्रालयका सह–सचिवहरु र लघु उद्यम विकास कार्यक्रमका प्रतिनिधीहरुको सहभागिता थियो । यसैगरी जिम्वावेका तर्फबाट 

जिम्वावेको लघु, साना तथा मझौला उद्योग विकास सम्वन्धि मन्त्रालयका सचिव इभेलिन एनडिलोभुलगाएत भ्रमण दलमा रहेका ९ जनाको उपस्थिती  थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको