Like us!
Follow us!
Connect us!
Watch us!

अब नविल बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने

अर्थ संसार

सोमबार, २६ जेठ २०७७, ११ : ३० मा प्रकाशित

अब नविल बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने

अर्थ संसार, काठमाडौं । प्रविधिको सदुपयोग एवं नयाँ पुस्तालाई लक्षित गर्दै नविल बैंकले अनलाइनबाटै खाता खोल्न सकिने सेवा सुचारु गरेको छ । अब घरमै बसेर अनलाईनबाट नविल बैंकमा खाता खोलेर करिब सबै किसिमका कारोबार गर्न सकिने भएको हो ।

कारोनाभाइरसको महामारीका कारण पछिल्लो समय बैकिं कारोबार गर्न पनि समस्या बढेको छ । यसबीच नविल बैंकले अनलाइनमार्फत खाता खोल्न सकिने व्यवस्था मिलाएको हो ।

यस सुविधाका लागि बैंकले  ‘नविल जेन–एन (जेनरेशन एन)अकाउन्ट’ नामक खाताको सुरुवात गरेको हो । बैंकले नयाँ युवा वर्गलाई सम्पूर्ण शाखाहरुवाट सेवा लिन सकिने गरी  ‘नविल जेन–एन (जेनरेशन एन) अकाउन्ट’ सुरु गरेको जनाएको छ ।

‘यो आफ्नै घरमा बसेर खाता खोल्न सकिने, आकर्षक ब्याज सहितको सुविधा सम्पन्न बचत खाता हो, यसमा मोबाइल बैंकिङ सेवा, भाइबर बैंकिङ, अनलाइन कारोबार र डेबिट तथा क्रेडिट कार्ड सहित टेलिकम र एनसेलमा दुई जीबी डेटा प्याकेज समेत निःशूल्क प्रदान गरिने छ ।’ बैंकले विज्ञप्ती जारी गर्दै उल्लेख गरेको छ ।

त्यस्तै यो खाताबाट पुर्ण रुपमा मोवाइल बैंकिङ, ए वि वि एस, खाताको स्टेटमेन्ट, स्टप पेमेन्ट मा, मोवाइल बैंकिङ, भाइवर बैकिङ, इ—कमर्स (नेपाल भित्रको लागि मात्र) मा समेत सेवा शुल्क निशुल्क गरिएको छ ।

‘नविल जेनेरेशन अकाउन्ट’ १८ बर्ष माथिका नयाँ सोच र नयाँ जोस बोकेका प्रविधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको छ । यो योजनाले डिजिटल बैंकिङमा नयाँ यूगको सुरुवात गर्न मद्दत पुग्ने बैंकको विश्वास छ ।

यहाँ क्लिक गरेर पनि अनलाईनबाट खाता खोल्न सकिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको