Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलले थाहै नदिएर यसरी काट्छ पैंसा, २ वर्षमा अनाधिकृत ४ अर्ब कमायाे

मिलन खड्का

मंगलबार, २७ जेठ २०७७, ०९ : ५१ मा प्रकाशित

एनसेलले थाहै नदिएर यसरी काट्छ पैंसा, २ वर्षमा अनाधिकृत ४ अर्ब कमायाे

अर्थ संसार, काठमाडौं । देशकै दोस्रो ठूलो दुरसञ्चार सेवाप्रदायकका रुपमा रहेको एनसेलले धेरैजसो विवादमा परिरहन्छ ।

देशभर नेटवर्ककको ठूलो सञ्जाल भइसकेका एनसेलको झण्डै १ करोड ६९ लाख प्रयोगकर्ता रहेका छन् ।
तर, धेरै जसो ग्राहकहरुले एनसेलको ठगीमा परेको गुनासो गरिरहन्छन् ।

आखिर, एनसेलले कसरी ठगी गर्छ त भन्ने कुरा नियामक दुरसञ्चार प्राधिकरणको पछिल्लो अध्ययनले देखाएको छ । एनसेलले २ वर्षदेखि कानुनविपरित गएर ४ अर्बभन्दा बढी आम्दानी गरेको पाइएको हाे ।

जसको कारबाही स्वरुप प्राधिकरणले एनसेललाई साढे १० लाख जरिवाना मात्रै तोकेको छ । कानुनमिचेर अर्बाैं कमाइ गरेको एनसेललाई तोकिएको जरिवाना भने एकदमै न्युन हो ।

यद्यपी दुरसञ्चार ऐन २०५३ अनुसार जरिवाना तोक्नु पर्ने हुँदा प्राधिकरणले जरिवाना कम तोकेको जनाएको छ ।
२० वर्षयता दुरसञ्चारको विकासले ठूलो फड्को मारिसके पनि २० २० वर्ष पूराना कानुन संसोधन हुन सकेको छैन् । यसको फाइदा एनसेलले उठाएको हो ।

एनसेलको तीन किसिमको अनाधिकृत कमाई

एक- नेपालभित्र दुरसञ्चार सेवाप्रदायकले कुनै पनि सेवा सञ्चालनका लागि नियामक दुरसञ्चार प्राधिकराणको अनुमति लिनुपर्छ ।

तर, एनसेलले करिब २ वर्षदेखि प्राधिकरणको अनुमति नै नलिएर ‘लभ डिडेक्टर’ र ‘म्याजिक भोइस’ नामका भ्यालु एडेड (भ्यास) सर्भिस सञ्चालन गरेको पाइएको छ ।

बीना अनुमति एनसेलले ग्राहक ठगिने गरि अफर सञ्चालन गरेको हो । प्राधिकरणले यसै अफरविरुद्ध एनसेललाई ५ लाख जरिवाना तोकेको छ ।

दुई- यस्तै किसिमले एनसेलले शिभरात्रि, भ्यालेन्टाइन अफर, होली अफर, पहिलो सीम क्याम्पिंग लगायतका प्याकहरु पनि प्राधिकरणको अनुमतिबीना सञ्चालन गरेको पाइएको छ । 

दुई वर्षदेखि सञ्चालन गर्दै आएका यस्ता अफरहरुबाट ग्राहक ठगिने गरि एनसेलले अर्बाैं आम्दानी गरेको पाइएको छ ।
यसविरुद्ध पनि प्राधिकरणले ५ लाख जरिवाना तोकेको छ ।

तेस्रो- एनसेलले थाहै नदिई पैंसा काट्छ भन्ने गुनासो यथार्थ रहेको पुष्टि यहाँनेर हुन्छ । दुईवर्षयतादेखि एनसेलले इन्टरनेटका विभिन्न अफरहरुबाट पनि ग्राहकलाई झुक्याएर आम्दानी गरेको पाइएको  छ ।

एनसेलले, कुनै पनि ग्राहकले एक पटक निश्चित अवधिका लागि इन्टरनेट डाटा प्याक किन्दा उक्त प्याकको अवधि सकिएपछि स्वचालित रुपमा अर्काे प्याकको पैंसा काटिदिन्छ ।

यसरी ग्राहकको आवश्यक्ता बीना नै एनसेलले पैंसा काटेर जबरजस्ती किसिमले आफैं प्याकको शुल्क काटिदिन्छ । यो किसिमले धेरै ग्राहकहरुको पैंसा काटिएको गुनासो आउँने गर्छ ।

प्राधिकरणले दुईवर्षअघि नै एनसेललाई यस्ता सेवाहरु ग्राहकले चाहेमा मात्रै ‘अटो रिन्यु’ हुने गर्न भन्दै निर्देशन दिएको थियो ।
तर, एनसेलले हालसम्म निर्देशनको पालना गरेको छैन् । हालसम्म एनसेलले ‘मेरो प्लान मन्थ्ली’ र ‘मेरो प्लान विक्ली’ ‘अटो रिन्युएवल’ प्याक सञ्चालनमै राखेको छ ।

मासिक ५ वटा र साप्ताहिक २ वटा यस्ता प्याकहरुबाट पनि ग्राहकहरुको पैंसा एनसेलले उठाउने गरेको छ ।
यसकाविरुद्ध पनि प्राधिकरणले एनसेललाई ५० हजार जरिवाना तोकेको छ । एनसेलले फितलो कानुनको फाइदा उठाएर अर्बाैं आम्दानी गरिरहेको पाइएपछि २० वर्षपूरानो कानुन संसोधन गर्न समेत कुरा उठेको छ ।

यसरी थाहा हुन आएका तीन शिर्षकमा एनसेलले कानुनविपरित आम्दानी गरिरहेको पाइएको हो । यस्ता प्याकहरु जानकारी दिएर तीन महिना मात्रै चलाउँन पाइन्छ ।

कानुनविपरित ग्राहकबाट उठाएको यो रकमको जरिवना ३५ दिनभित्र तिरीसक्न एनसेललाई प्राधिकरणले पत्र काटिसकेको दुरसञ्चार प्राधिकरणका निर्देशक मिनप्रशाद अर्यालले अर्थ संसारलाई बताएका छन् । एनसेलले जरिवाना तिर्न तयार नभएमा उस्ले सञ्चार तथा सुचना प्रविधि मन्त्रालय अन्तर्गतको पुनरावेदन समितिमा निवेदन हाल्ने छ ।

 यसबाहेक

यति मात्रै नभएर एनसेलले ग्राहकबाट अर्काे तरिकाबाट समेत पैंसा उठाइरहेको छ ।
एनसेलले हवे गेम कन्टेन्ट र विजनेस ह्याण्डलिङ शुल्कका नाममा अटो रिन्युएवल किसिमले ग्राहकबाट पैंस उठाइरहेको छ ।

यस विषयमा प्राधिकरणले छानबिन गर्दा बीना जानकारी सब्स्क्राइब नै नगरिएको सेवा अटो रिन्यु गरिरहेको पाइएको थियो । यो कार्य तत्काल रोकन भन्दै एनसेललाई तीन पटक निर्देशन दिइसकेको छ । यद्यपी एनसेलले बन्द गरेको छैन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको