Like us!
Follow us!
Connect us!
Watch us!

आज देशभर मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

अर्थ संसार

विहीबार, २९ जेठ २०७७, ०८ : १० मा प्रकाशित

आज देशभर मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

अर्थ संसार, काठमाडौं । नेपालमा हाल स्थानीय वायु, पश्चिमी  वायु, पश्चिमको भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व–पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव  रहेको छ । जसका कारण  बिहीबार देशका भिविन्न ठाँउहरुमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।


हाल प्रदेश १,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका भूभागमा  सामान्य बदली रही बाँकी प्रदेशका भूभागमा आंशिक बदली  रहेको छ । भने प्रदेश १, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा  हल्का बर्षा भइरहेको छ ।


मौसम पूवार्नुमान माहाशाखाका अनुसार आज दिउँसो  देशभर सामान्य बदली  रहनेछ। प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरु र कर्णाली प्रदेश, सुदुरपश्चिम  प्रदेश र प्रदेश ५ का थोरै स्थानमा बदलीसँगै मेघगर्जन, चट्याङ  सहित वर्षाको सम्भावना रहेको छ। 

यस्तै, राति देशभर सामान्य बदली  रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको