Like us!
Follow us!
Connect us!
Watch us!

विश्व काेराेना अपडेट : भारत संसारको चौथो संक्रमित देश बन्यो, संक्रमित संख्या ७६ लाख नजिक

अर्थ संसार

शुक्रबार, ३० जेठ २०७७, ०७ : ५३ मा प्रकाशित

विश्व काेराेना अपडेट : भारत संसारको चौथो संक्रमित देश बन्यो, संक्रमित संख्या ७६ लाख नजिक

एजेन्सी । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेसको संख्या ७५ लाख ९५ हजार नाघेको छ । अहिलेसम्म ४ लाख २३ हजार बढीले ज्यान गुमाएका छन् । अहिले सम्म ३८ लाख ४१ हजार बढी संक्रमित निको भइसकेका छन् ।

भारत अहिले विश्वकै चोथौं संक्रमित भएको देश बनेको छ । भारतमामा कोरोना संक्रमित संख्या २ ला ख ९८ हजार २ सय ३८ पुगेको छ । बिहिबार लगातार दोस्रो दिन ११ हजार बढी संक्रमित बढ्यो र ३ सय ९३ को ज्यान गयो । यो आँकडा कोभिड१९इन्डिया डट ओआरजीको आधारमा हो । 

यसबाहेक भारत संक्रमितको मामिलामा स्पेन (२.८९ लाख)र बेलायत ९२.९१ लाख० भन्दा अघि आएको छ । अब भारत सर्वाधिक संक्रमित सूचीको चौथो स्थानमा छ । हाल शीर्ष ७ देशमा अमेरिका, ब्राजिल, रसिया, भारत, बेलायत, स्पेन र इटली छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको