Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी राजदूतले लगाइन दशैंको टिका (फोटो फिचर)

मंगलबार, २५ असोज २०७३, १८ : ४३ मा प्रकाशित

अमेरिकी राजदूतले लगाइन दशैंको टिका (फोटो फिचर)

अर्थ संसार काठमाडौं–दशैंको रौनकले सबैलाई छोएको छ । सबै निधारभरि रातो टिका लगाएर हिँडिरहेका छन् । यस पर्वलाई अमेरिकी दूताबासले समेत धुमधामका साथ मनाएको छ ।

अमेरिकी राजदूत एलाइना बि टेप्लिज आफैंले नेपाली परंपराअनुसार मान्यजनबाट दशैंको टिका थापेकी छन् । उनले कर्मचारीलगायत अन्य आगन्तुकलाई टिका लगाइ दिएको तस्बिर अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमा सार्बजनिक गरिएको छ । अर्कै धर्मसंस्कृतिमा हुर्के पनि अमेरिकी दूतावासमा कार्यरत कर्मचारीले नेपाली संस्कृति अनुसारको चाडबाड मनाउने गरेका छन् ।  प्रधानमन्त्री स्वयंले टिका नलगाएको र केही जनजातिहरुले टिका बहिस्कार गरेका बेला अमेरिकी राजदूत र त्यहाँका कर्मचारीले भने नेपाली परंपराअनुसार टिका लगाएर धार्मिक सहिष्णुता बढाउन सघाएका छन् । 
अमेरिकी दूतावासको फेसबुक पेजमा टिका लगाएको तस्बिरहरु सार्बजनिक गर्दै भनिएको छ, ‘नेपाल र संसारभर विजया दशमी मनाइरहनुभएका सबै मित्रहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना। शुभ विजया।
खुसी र आत्मीयता साट्ने अवसर बनोस् तपाईंको दसैं।’

57fce2a30c729.jpg 57fce2a52a783.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको