Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा पसल खुले पनि ग्राहक छैनन्

अर्थ संसार

शनिबार, ३१ जेठ २०७७, ०७ : ०१ मा प्रकाशित

काठमाडौंमा पसल खुले पनि ग्राहक छैनन्

अर्थ संसार, काठमाडौँ। असन, इन्द्रचोक, न्यूरोड, वसन्तपुरलगायत काठमाडौँका भित्री क्षेत्रमा लगभग सबै पसल सञ्चालनमा आएका छन् । त्यहाँ पुग्दा लाग्छ बन्दाबन्दीको धेरै असर छैन, पूर्णरूपमा जनजीवन सहज भइसकेको छ ।

पसल पूर्ववत् खुलेका छन् । सावधानीमा ध्यान दिइएको छैन । सामान खरिद गर्न आएका उपभोक्ताले नै सावधानी अपनाएको देखिन्छ । मानिसको आवत जावत देख्दा अत्यावश्यक कामका लागि मात्र होइन समान्यरुपमा घुमफिरका लागि पनि बाहिर निस्केका छन् । कतिपयले त सामान्य मास्क पनि लगाएको देखिँदैनथ्यो ।

बन्दबन्दी जारी हुनुपूर्व अघि जस्तै गरी मानिसको आवत जावत छ । सरकारले कोभिड–१९ को सङ्क्रमण रोक्न झण्डै ८० दिनदेखि लागू गरेको बन्दाबन्दीको आदेशलाई बिहीबारदेखि केही खुकुलो बनाएसँगै भीडभाड बढेको हो ।

लामो समयदेखि कायम रहेको बन्दाबन्दीका कारण आर्थिक क्रियाकलापसँगै सर्वसाधारणको जनजीवनमा नै असर परेकाले त्यसलाई सामान्य बनाउन बन्दाबन्दीलाई केही खुकुलो बनाइएको हो । जोखिमलाई मध्यनजर गरी कतिपय सेवामा लगाइएको प्रतिबन्धलाई अझै कायमै राखिएको छ । यो खबर गोरखापत्र दैनिकमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको