Like us!
Follow us!
Connect us!
Watch us!

चिनीको राजश्व छलीकाेअशङ्कामा अनुसन्धान

अर्थ संसार

शनिबार, ३१ जेठ २०७७, १३ : २७ मा प्रकाशित

चिनीको राजश्व छलीकाेअशङ्कामा अनुसन्धान

अर्थ संसार, काठमाडौं । भन्सार राजश्व छलेको आशङ्कामा जफत गरिएको तीन ट्रक चिनीको अनुसन्धान प्रक्रिया शुरु भएको छ । जलेश्वर नाका भन्सारबाट  भित्रिएको ७२ हजार केजी चिनीसहित तीनवटा ट्रकलाई केही दिन अगाडि नियन्त्रणमा लिएर छानबिन शुरु गरिएको राजश्व अनुसन्धान विभागको कार्यालय पथलैयाले जनाएको छ  ।

जलेश्वर भन्सार नाकाबाट जाँचपास गर्ने सम्बन्धमा चिनीको गुणस्तरमा विवाद आएपछि राजश्व अनुसन्धानले चिनीको गुणस्तर तथा राजश्वसमेत छानबिन गरेको कार्यालय प्रमुख राजन विसीले बताउनुभयो  । भन्सार नाकाबाट जाँचपास गराउने क्रममा खाद्य कार्यालय जलेश्वरले उक्त चिनी खान अयोग्य भनी प्रमाणित गरेको  थियो । पछि खाद्य, प्रविधि तथा गुण नियन्त्रण  विभागबाट जाँच गराउँदा उक्त चिनी खानयोग्य प्रमाणित भएको थियो  ।

चिनी भारतको उत्तर प्रदेश बाहराइच जिल्लाको सिम्भावली सुगर मिलबाट  आयात  गरिएको बताइएको  छ  । काठमाडाँैको मनोहरा नगरपालिकास्थित एक व्यावसायिक फार्मले सो चिनी मगाएको कार्यालय प्रमुख बिसीले बताउनुभयो  । छानबिन भइरहेको ट्रकसहित चिनी सम्बन्धमा बारा जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराइएको  छ  ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको