Like us!
Follow us!
Connect us!
Watch us!

भुमि फिर्ता ल्याउनमा सबै दलको एकता देखियो :देउवा

अर्थ संसार

शनिबार, ३१ जेठ २०७७, १४ : २५ मा प्रकाशित

भुमि फिर्ता ल्याउनमा सबै दलको एकता देखियो :देउवा

अर्थ संसार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भुमि फिर्ता ल्याउने विषयमा सबै दलको एकता देखिएको बताएका छन् । उनले नेपालको मिचिएको भुमी फिर्ता ल्याउने विषयमा राष्ट्रिय एकता प्रदर्शित भएको बताएका हुन् । 

प्रतिनिधी सभाको बैठकमा शनिबार बोल्दै उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालकै भुमि भएकाले त्यो भुमि नेपालमा समेट्नु जायज र स्वभाविक भएको बताए ।

उनले राष्ट्रिय एजेण्डाको विषय भएकाले सबै दलहरुले साथ दिएको बताए । 

सीमाका विषयमा काली नदी नै सीमा रेखा स्पष्ट उल्लेख भएको भन्दै उनले आफ्नो भुमि समेट्नु नेपालको स्वभाविक कार्य भएको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको