Like us!
Follow us!
Connect us!
Watch us!

संविधान संसोधन विधेयक सर्वसम्मतिले पारित

अर्थ संसार

शनिबार, ३१ जेठ २०७७, १८ : ०५ मा प्रकाशित

संविधान संसोधन विधेयक सर्वसम्मतिले पारित

अर्थ संसार, काठमाडाैं । प्रतिनिधि सभाबाट संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ। बैठकमा २५८ सांसद उपस्थित थिए।

उनीहरू सबैले संविधान संशोधनको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा मत गरे । विपक्षीमा शुन्य मत खस्यो ।

हाल प्रचलित निशान छापलाई परिवर्तन गर्न सरकारले संविधान संशोधन विधेयक दर्ता गरेको हो

शनिवार भएको मतदानमा विधेयकको पक्षमा उपस्थित सबै २५८ सांसदको मत खस्यो भने विपक्षमा कुनै मत खसेन।

नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले जेठ ९ गते दर्ता गरेको थियो।

सो विधेयकमा सरकारले जेठ ७ गते जारी गरेको नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिमार्जन गर्ने प्रस्ताव गरिएको छ।

संविधान संशोधन कार्यान्वयन हुनका लागि अब यो विधेयक राष्ट्रिय सभामा दुई तिहाइ बहुमतले पारित हुनुपर्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको