Like us!
Follow us!
Connect us!
Watch us!

अब दैनिक २० हजारको पीसीआर टेष्ट हुने

अर्थ संसार

आइतबार, ३२ जेठ २०७७, ०६ : ५५ मा प्रकाशित

अब दैनिक २० हजारको पीसीआर टेष्ट हुने

अर्थ संसार, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले अब दैनिक २० हजारको सङ्ख्यामा कोरोना भाइरसको परीक्षण हुने बताएका छन् ।

नेपालमा हाल ४ देखि ५ हजारको सङ्ख्यामा पीसीआर विधिबाट कोरोना परीक्षण भइरहेको छ भन्दै उनले सरकारले यसलाई बढाएर दैनिक २० देखि २२ हजारको सङ्ख्यामा परीक्षण गर्ने तयारी गरिरहेको बताए ।

स्वास्थ्य राज्यमन्त्री रावतले भारतको सीमामा बसिरहेका नागरिकलाई मापदण्ड अनुसारको क्वारेन्टाइन नहुँदा कतिपय भारतबाट आएका नागरिक सङ्क्रमित भएको बताए ।


सुरूमा सुदूरपश्चिममा केही सङ्क्रमित देखा परिसकेपछि स्वास्थ्य मन्त्रालयले ३५ जना डाक्टर त्यहाँ पठाएको अवगत गराउँदै कोरोना नियन्त्रण गर्न सरकारका तर्फबाट गर्ने सबै काम गरिरहेको जानकारी दिए । 


उनले नेपालमा कोरोना सङ्क्रमित बढ्नुमा विदेश तथा भारतबाट आएका नागरिक मुख्य कारण रहेको बताए । सरकारले कर्णाली प्रदेशलाई कोरोना सङ्क्रमितबाट बचाउन ग्रिनजोनमा राख्न खोजिएको प्रयास पनि असफल भएको उल्लेख गरे ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको