Like us!
Follow us!
Connect us!
Watch us!

असार १ देखि रेडियो र टीभीबाट पढाउने सरकारकाे निर्णय, यस्ताे छ समय तालिका

अर्थ संसार

आइतबार, ३२ जेठ २०७७, १० : २१ मा प्रकाशित

असार १ देखि रेडियो र टीभीबाट पढाउने सरकारकाे  निर्णय, यस्ताे छ समय तालिका

अर्थ संसार, काठमाडौं - कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ । सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थितरूपमा सिकाइमा निरन्तरता दिन भनेपछि यो प्रक्रिया अघि बढेको हो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्न आग्रह गरेको थियो । 

त्यसका लागि शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि समय तालिका (अन्तिममा राखिएको छ) समेत सार्वजनिक गरेको छ। 

जसअनुसार असार १ गतेदेखि ३१ गतेसम्म नेपाल टेलिभिजनको एनटीभी प्लसबाट विषयगत पाठ पढाइ हुनेछ।

यस्तै कक्षा ९ र १० को विषयगत पाठ भने डिस होम, नेट टीभी, म्याक्स टीभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले जानकारी दिएको छ।

कोरोना महामारीका कारण तत्काल विद्यालय खुल्ने अवस्था नदेखिएपछि सरकारले विद्यार्थीको पढाइलाई निरन्तरता दिने उद्देश्यले घरमै बसेर पढ्ने व्यवस्था मिलाएको हो।

 

List 1 scaled

List 3 scaled

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको