Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनमा सरकारले दुई करोड राजश्व संकलन गर्याे

अर्थ संसार

आइतबार, ३२ जेठ २०७७, २१ : १८ मा प्रकाशित

लकडाउनमा सरकारले दुई करोड राजश्व संकलन गर्याे

अर्थ संसार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लकडाउनको अवधिमा जरिवानाबाट झण्डै दुई करोड बराबरको राजश्व संकलन गरेको छ। विभागले १ करोड ६५ लाखभन्दा बढी राजस्व संकलन गरेको जनाएको हो ।

कोरोना भाइरसको माहामारीका कारण नेपालमा गत चैत ११ गतेबाट लकडाउन सुरु भएको थियो । विभागले जेठ २८ सम्म उक्त रकम संकलन गरेको जनाएको छ ।

काठमाडौँ उपत्यका र अन्य जिल्लामा अनुगमन गर्दा १६२ पसललाई कारवाहीस्वरुप जरिवाना गरिएको विभागले जनाएको छ।

त्यस्तै लकडाउनको अवधिमा विभागले लकडाउनकाृे अवधिमा ६ सय६७ फर्मको अनुगमन गरेको समेत जनाएको छ । त्यस्तै अनुगमनका क्रममा ५१ लाख दुई हजार ६३३ मूल्य बराबरको म्याद सकिएका खाद्य सामग्री नष्ट गरिएको छ ।

६ सय ६७ फर्ममध्ये २८४ फर्म सामान्यावस्थामा रहेको, १ ८४ फर्ममा कैफियत देखिएको र ३० फर्मलाई स्पष्टीकरणका लागि बोलाइएको विभागले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको