Like us!
Follow us!
Connect us!
Watch us!

कैलालीमा क्वारेन्टिनमै एक महिलामाथि सामुहिक बलात्कार

अर्थ संसार

आइतबार, ३२ जेठ २०७७, २२ : ०९ मा प्रकाशित

कैलालीमा क्वारेन्टिनमै एक महिलामाथि सामुहिक बलात्कार

अर्थ संसार, काठमाडौं । कैलालीमा क्वारेन्टिनमा बसेकी एक महिलाले आफुमाथि सामुहिक बलात्कार भएको आरोप लगाएकी छन् । जिल्लाको लम्कीचुहा नगरपालिका १ मा रहेको शहीद स्मृति माध्यमिक विद्यालयमा ती महिला क्वारेन्टिन बसेकी थिइन् । 

उनी भारतबाट जेठ २० गते त्यहाँ पुगेकी थिइन् । क्वारेन्टाइनको ब्यवस्थापनको लागि रहेका स्वास्थ्यकर्मी र स्वंयमसेवकले आफुलाई बलात्कार गरेको उनको आरोप छ ।

 दोषीलाई कारवाहीको माग गर्दै लम्कीबजारमा प्रर्दशन भएको छ । उनीहरुले वडा कार्यालयमा तोडफोड गरेका छन ।

प्रहरी बलात्कारको आरोप लागेका ३ जनालाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको