Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ नक्सा निजी विद्यालयका कक्षा १ को पुस्तकमा मात्र राखिने !

अर्थ संसार

सोमबार, ०१ असार २०७७, ०६ : ५१ मा प्रकाशित

नयाँ नक्सा निजी विद्यालयका कक्षा १ को पुस्तकमा मात्र राखिने !

अर्थ संसार, काठमाडौं ।  यस वर्ष निजी विद्यालयमा पढाइ हुने कक्षा १ का पाठ्यसामग्रीमा मात्र लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा छापिने भएको छ । अन्य कक्षाका पाठ्यपुस्तक छपाइ भएर बजारमा गइसकेका छन् । 

यस वर्षदेखि पाठ्यक्रम परिवर्तन भएको र कक्षा १ को पुस्तक छपाइका लागि अझै स्वीकृति दिइएको छैन । पाठ्यक्रम विकास केन्द्रले चाँडै कक्षा १ को पुस्तक छपाइका लागि स्वीकृति दिने तयारी गरेकाले नयाँ नक्सा समेटिने भएको हो । 


पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले निजी विद्यालयमा पढाइ हुने कक्षा १ को पाठ्यसामग्री स्वीकृत नभएको र अब नयाँ नक्सासहितको सामग्री छपाउन लगाउने जानकारी दिए । मन्त्रिपरिषद्ले नयाँ राजनीतिक र प्रशासनिक नक्सा पारित गरेपछि केन्द्रले नयाँ नक्सा पढाउने विषयमा पहल सुरु गरेको थियो ।

 कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूमि समेटिएको नक्सा निसान छापमा अंकित गर्ने प्रस्ताव शनिबार संसद्ले सर्वसम्मतिले पारित गरेको छ । कक्षा १ मा नेपाली, अंग्रेजी, सामाजिक र गणित गरी चार विषय राखिएका छन् । 

छपाइ भइसकेका पाठ्यपुस्तकमा भने सच्याएर पढाउन पाठ्यक्रम विकास केन्द्रले निर्देशन दिएको छ । नेपाली माध्यममा पढाइ हुने पाठ्यपुस्तक भने प्रकाशन भइसकेर बजारमा पुगेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको