Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ आजको मौसम, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

अर्थ संसार

सोमबार, ०१ असार २०७७, ०८ : २१ मा प्रकाशित

यस्तो छ आजको मौसम, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

अर्थ संसार, काठमाडौं । नेपालमा हाल पूर्वी भू-भागबाट मनसुनी वायु तथा पश्चिमी भू-भागमा पश्चिमी  वायुको प्रभाव रहेको छ। जसका कारण हाल कैलाली, बर्दीया, सुर्खेत जिल्ला आसपासको क्षेत्र  साथै गण्डकी प्रदेश र प्रदेश १ का केही स्थानहरूमा  वर्षा भईरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो सुदुर पश्चिम, कर्णाली र प्रदेश ५मा सामान्य बदली रही बाकी  प्रदेशहरूमा पूर्ण बदली  रहनेछ। 

त्यस्तै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको   सम्भावना रहेको छ । 

बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक÷दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली  रहने सम्भावना रहेको पूर्वानुमानले जनाएको छ ।   प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी  प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ को एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको