Like us!
Follow us!
Connect us!
Watch us!

क्वारेन्टाइन लैजाँदा भिरबाट हामफालेका युवाको मृत्यु

अर्थ संसार

सोमबार, ०१ असार २०७७, १३ : ४४ मा प्रकाशित

क्वारेन्टाइन लैजाँदा भिरबाट हामफालेका युवाको मृत्यु

अर्थ संसार, काठमाडौं । क्वारेन्टाइनमा लैजाँदै गर्दा कुश्मा नगरपालिका– ८ मा पर्ने चुवाको भिरबाट हामफालेर आत्महत्याको प्रयास गरेका युवाको मृत्यु भएको छ । भिरबाट हामफालेपछि बाग्लुङ नगरपालिका– १३ का ३९ वर्षका चन्द्रबहादुर नेपाली गम्भिर घाइते भएका थिए ।

घाइते उनलाई पोखरास्थित गण्डकी क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । 

लु २ख ४२२० नम्बरको बसमा पर्वत, बाग्लुङ र म्याग्दीका नागरिकहरू भारतबाट फर्केपछि क्वारेन्टाइनमा बस्न जाँदै थिए ।  सोही क्रममा उनले सोमबार बिहान पोखरा–बाग्लुङ सडकमा बस रोकेको अवस्थामा भिरबाट हामफालेका थिए ।

 गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको