Like us!
Follow us!
Connect us!
Watch us!

रायनले कार्किले बनाए कोरियन म्यूजिक भिडियो

मंगलबार, १५ चैत्र २०७३, १७ : ०४ मा प्रकाशित

अर्थ संसार
काठमाडौं– पछील्लो समय म्युजिक भिडियो निर्देशनमा निकै ब्यस्त हुँदै गैरहेका गायकरनिर्देशक रायन कार्किले निर्देशन गरेको गायक प्रमोद सुनुवारको “कसरी“बोलको गीतको म्युजिक भिडियो आजबाट सामाजिक संजाल युट्युमा सार्वजनिक भएको छ ।

गायक प्रमोद सुनुवारद्वारा रचना एबम संगीत बद्द उक्त गीतलाई श्रीजन नेपालले एरेन्ज गरेका हुन। यसका निर्देशक रायनले उक्त भिडियोलाई  युवा पुस्तालाई लक्ष्यित गरेर कोरियन फ्लेवरमा निर्माण गरेका हुन ।

“कसरी“ गीतको भिडियोको हरेक फ्रेमिङ शट र यस्को कलरिङ्ग हेर्दा कोरियन भिडियो हेरेको महसुस जो कसैले गर्न सक्छ । बियोगान्त थिममा तयार गरिएको  भिडियोमा मोडलद्वय उरिशा र सुदिप मगरको अभिनय हेर्न सकिन्छ । सिमा गुरुङको श्रिङ्गार रहेको भिडियोमा सुमित नेपालीको क्यामरा वर्क तथा दिपक बिष्टको सम्पादन रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको