Like us!
Follow us!
Connect us!
Watch us!

आज देशका धेरै ठाँउमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

अर्थ संसार

मंगलबार, ०२ असार २०७७, ०७ : १७ मा प्रकाशित

आज देशका धेरै ठाँउमा भारी वर्षाको सम्भावना, सचेत रहन  आग्रह

अर्थ संसार, कामठाडौं -आज (मंगलबार) देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ  । नेपालमा मनसुनभित्रिएसँगै वर्षाको क्रम बढ्दै गएकोह हो ।

नेपालको  पूर्वी र मध्य भू-भागमा मनसुनी वायु तथा पश्चिमी भू-भागमा पश्चिमी  वायुको प्रभाव रहेको छ। अहिले हाल प्रदेश नं ५ का थोरै भु-भाग गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश नं २ र प्रेश नं १ का धेरै भु-भागहरुमा  वर्षा भईरहेको छ। यीमध्ये केही ठाँउमा सोमबार रातिबाट ने वर्षा भइरहेको थियो ।

प्रदेश नं ५ को गुल्मी देखि पूर्वका अधिकांश भु-भागहरुमा पूर्ण  बदली  भई वर्षा भईरहेको छ। यो क्षेत्रमा आज भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । 

त्यस्तै  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली  रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र  प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदुर पश्चिम प्रदेश  र कर्णाली प्रदेशका का थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।  माहाशाखाले बाढीपहिरो आउँन सक्ने भन्दै समेच रहन समेत आग्रह गरेको छ ।

आज राति पनि सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली  रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र  प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदुर पश्चिम प्रदेश  र कर्णाली प्रदेशका  थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक(दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको