Like us!
Follow us!
Connect us!
Watch us!

आरडिटी पोजेटिभ देखाएको भन्दै स्वास्थ्यकर्मीमाथि प्रहार

अर्थ संसार

मंगलबार, ०२ असार २०७७, ०९ : ०५ मा प्रकाशित

आरडिटी पोजेटिभ देखाएको भन्दै स्वास्थ्यकर्मीमाथि प्रहार

अर्थ संसार, बाजुरा । जिल्लाको हिमाली गाउँपालिका–५ कवाडीको क्वारेन्टिनमा बसेकाहरुले आरडिटी गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका छन् । भारतलगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टिनमा बसिरहेका उनीहरुले आरडिटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका हुन् ।
 
उनीहरु क्वारेन्टिनमा बसेको १४ दिन पूरा भएपछि सोमबार दिउँसो गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर भण्डारी आफैँ आरडिटी गर्न पुगेका थिए । केही व्यक्तिको आरडिटी गरिसकेपछि एक महिलाको आरडिटी रिपोर्ट पोजेटिभ आयो । ती महिलाको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि क्वारेन्टिनमा बसिरहेका उनीहरुले ‘तैँले किन आरडिटी रिपोर्ट पोजेटिभ निकालिस्’ भन्दै स्वास्थ्यकर्मीमाथि नै ढुङ्गामुढा प्रहार गर्न थाले । उनीहरुले प्रहार गरेको दुङ्गा लागेर स्वास्थ्य संयोजक भण्डारी घाइते भएका छन् । 

स्वास्थ्यकर्मी भण्डारीको छातीमा गम्भीर चोट लागेपछि अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको प्राथमिक स्वास्थ्य केन्द्रका कोभिड–१९ रोकथाम तथा नियन्त्रण समिति सम्पर्क व्यक्ति ओमजङ्ग शाहीले जानकारी दिए । स्वास्थ्य संयोजक भण्डारीको छातिमा नीलडाम परेको र उनी बोल्न सक्ने स्थितिमा नभएको शाहीले बताए ।
 
कोरोना भाइरसको जोखिम उच्च रहेका बेला क्वारेन्टिनमा बसेकाबाटै स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार भएकोप्रति खेद प्रकट गर्दै गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले उनीहरुलाई कानूनबमोजिम कारवाही गरिने बताउएका छन् ।रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको