Like us!
Follow us!
Connect us!
Watch us!

आधा उत्पादन क्षमतासम्म खुले सिमेन्ट उद्योग

अर्थ संसार

मंगलबार, ०२ असार २०७७, ११ : ४४ मा प्रकाशित

आधा उत्पादन क्षमतासम्म खुले सिमेन्ट उद्योग

अर्थ संसार, काठमाडौं । लकडाउन खुकुलो भएसँगै देशभरका सिमेन्ट उद्योगहरु आधा खुलेका छन् । नेपाल सिमेन्ट उत्पादक संघले धेरै जसो उद्योगहरु करिब ४० प्रतिशत (करिब  आधा उत्पादन ) क्षमताका साथ खुलेको बताएको हो ।

लकडाउनभएसँगै उद्योगहरु शुन्य उत्पादनसम्म पुगेका थिए । अहिले उद्योगहरु ४० प्रतिशत क्षमतामा पुगेका हुन् ।

लकडाउनका कारण सबैजसो क्षेत्रको निमार्ण कार्यहरु ठप्प परेका थिए । जसका कारण सिमेन्ट उद्योगहरु पनि बन्द हुन पुगेका थिए । 

उद्योगबन्दा हुँदा दैनिक ६० करोड रुपैयाँको बजार गुमेको सिमेन्ट उत्पादक कम्पनीहरुको दाबी छ । देशभर लकडाउन अघिसम्म सञ्चालनमा रहेका ६१ वटा सिमेन्ट उद्योगबाट दैनिक १६ मिलयन टन हाराहारी सिमेन्ट उत्पादन बताइन्छ ।

संघका अध्यक्ष ध्रुबराज थापाले बजार खुल्दै गएपछि माग बढ्दै जाने अपेक्षा रहेको बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको