Like us!
Follow us!
Connect us!
Watch us!

स्प्यारो एसएमएस गुगल विजनेस ग्रुपको स्टोरी कन्टेस्टको फाइनलमा, तपाईंको भोटले विश्व विजेता बन्न सक्ने (भिडियोसहित)

बुधबार, १६ चैत्र २०७३, ११ : १३ मा प्रकाशित

दिनिता लामिछाने

काठमाडौं–जानकी टेक्नोलोजीले सुरु गरेको स्प्यारो एसएमएस ग्लोबल विजनेस ग्रुप –जिविजी) को स्टोरी कन्टेस्ट २०१६ को फाइनलिस्टमा छानिएको छ ।

विश्वभरबाट छानिएका ९ फाइनलिस्टमा स्प्यारो एसएमएस परेको हो ।गुगलको यस प्रतिस्पर्धामा समावेश हुन विश्वभरका ४ सय ७० भन्दा बढी सूचना प्रविधिका कम्पनीहरुले आवेदन गरेका थिए ।

स्प्यारो एसएमएसले मोवाइलमा सन्देश पठाएर तरकारीको मूल्य, वैदेशिक रोजगारीमा आफ्नो अनुमति पत्रबारे सूचना, विभिन्न परीक्षाको रिजल्टलगायतका जानकारी उपलब्ध गराउँदै आएको छ । 

प्रतिस्पर्धामा छानिएको स्प्यारो एसएमएसबारे गुगलले भिडियो बनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको