Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार खाेल्न किन पछि हट्याे नेप्से ?

निशा हुमाँगाई

आइतबार, ०७ असार २०७७, ०७ : १८ मा प्रकाशित

शेयर बजार खाेल्न किन पछि हट्याे नेप्से ?

अर्थ संसार, काठमाडौं - शेयर बजार अनिश्चितकालका बन्द गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) काे हिजाे (असार ६ गते, शनिबार) बसेकाे सञ्चालक समितिको बैठकले शेयर बजार अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेकाे हाे ।

यसअघि नेप्सेले असार ४ गते बिहीबारसम्मका लागि शेयर बजार बन्द गरेको थियो । 

नेप्सेले शनिबार विज्ञप्ति जारी गर्दै धितोपत्र बोर्डको अर्को निर्देशन प्राप्त नभएसम्म बजार बन्द रहने जानकारी दिएकाे हाे ।

धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को दफा २१ काे उपनियम १ बमाेजिम नेपाल धितोपत्र बोर्डबाट अर्को निर्देशन प्राप्त नभएसम्मका लागि आज (असार ७ गते,आइतबार) बाट धितोपत्रकाे दाेश्राे बजारकाे काराेबार स्थगन गर्ने निर्णय भएकाे विज्ञप्तिमा उल्लेख छ ।

नेप्सेले प्रकाशन गरेकाे विज्ञप्ति यस प्रकारकाे छ : 

5eeeba8f856c4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको