Like us!
Follow us!
Connect us!
Watch us!

अर्जुन क्षेत्रीको अर्जुनवाणी: शेयर बजारबाट लगानीकर्ताले नाफा कमाउन फागुन कुर्नु पर्ने

मंगलबार, ०९ असार २०७७, १० : ३५ मा प्रकाशित

"नेपालमा बुध र चन्द्र ग्रहको अत्यन्तै राम्रो प्रभाव छ । बुधर र चन्द्रमा भनेको कार्यकारक ग्रह हो । यो दुवै ग्रह चाही एकदमै सकारात्मक खालको उर्जा भएको कारणले गर्दा खेरी नेपालमा राम्रो गरिरहन्छ । तर, यो विश्व जगत भने खतरामा छ । विश्व जगतमा राहुल र सनी ग्रहको प्रभाव र कष्ट छ ।

राहुल कस्तो खालको ग्रह भने खर्च, तनाव, चिन्ता, पीडा, मुद्दा,मामेला र छमेला हुने ग्रह हो भने सनी ढीलो, सुस्त ग्रह हो  । जव सम्म विश्वमा  राहुल र सनी ग्रह हट्दैन तव सम्म नेपालमा जति नै राम्रो ग्रह चलेपनि नकरात्मक प्रभाव नै चलिरहन्छ । तर, त्यति धेरै नकारात्मक चाहि प्रर्दैन किन कि नेपालमा बुध र चन्द्र ग्रहको साथ भएकोले  । सनीले मान्छेको काम रोकिरहेको छ, किन कि सनी त ढीलो ग्रह हो । जव विश्वमा सनी ग्रह चल्न  शुरु भए तव सवै कामहरु रोकियो ।

अहिले विश्वको अर्थतन्त्रमा ठूलो घाटा छ । २०७७ साल भरी नै विश्वमा सनी र राहुलको प्रभाव भएकाले साल भरी नै आर्थिक संकट भैरहनेछ । त्यसर्थ नेपालमा हामीले सोच अनुरुप आर्थिक संमृद्धि हुँदैन । जवसम्म सनी यो धर्तीबाट हट्दैन तवसम्म अहिलेको कोराना भाइरस जस्तो अरु रोकहरु पनि फैलिनेछ ।

नेपालमा शेयर मार्केट माथि उठ्नको लागि फागुन महिना कट्नुपर्छ । फागुन महिना अगाडि शेयर बजारमा लगानीकर्ता लगानीकर्ताले नाफामा आशा मात्र गर्नु हो । नाफा कमाउनको लागि फागुन महिना कट्नु पर्दछ । फागुन महिनापछि मात्र शेयर बजारले उकालो बाटो तय गर्नेछ ।

२०८० सालसम्म नेपालको आर्थिक विकासको लागि योगहरु छैन्  । २०८१ सालदेखि २०९० सालभित्र नेपाल एशियामै चिनिने देश बन्छ ।"
अर्जुन क्षेत्री 

यो पनि हेर्नुहोस् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको