Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोनाबाट थप एक व्यक्तिको मृत्यु

निशा हुमाँगाई

मंगलबार, ०९ असार २०७७, १७ : ०८ मा प्रकाशित

नेपालमा कोरोनाबाट थप एक व्यक्तिको मृत्यु

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या २४ जना पुगेको छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले दैलेख–३ दुल्लुका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिएका हुन् । 

दैलेखको दुल्लु ३ का ४५ वर्षका पुरुषको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हाे । क्षयरोग र दमको बिरामी समेत रहेका उनकाे सोमबार राती साढे ९ बजे मृत्यु भएको हो ।

 

5ef1e6586188c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको