Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लघुवित्तको आईपीओमा ४.२४ गुणाभन्दा बढी आवेदन

निशा हुमाँगाई

आइतबार, १४ असार २०७७, ११ : ३३ मा प्रकाशित

एनआईसी एशिया लघुवित्तको आईपीओमा ४.२४ गुणाभन्दा बढी आवेदन

अर्थ संसार, काठमाडौं - एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १० गतेदेखि साधारण शेयर (आइपीओ) निष्कासन गरेकाे छ । लघुवित्तकाे आइपीओमा लगानीकर्ताहरूको ओईरो लागेकाे छ ।

आज (आइतबार) बिहान ११ बजेसम्ममा ३ लाख ४१ हजार ७४५ आवेदकबाट १ अर्ब ८८ करोड ४७ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ८८ लाख ४७ हजार ९८० कित्ता शेयर खरिदको माग राखी आवेदन परेको निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । याे मागभन्दा ४.२४ गुणा बढी आवेदन हो ।

शेयर बजार भोलीदेखि खुल्ने ! 

लघुवित्तले जारी चुक्ता पूँजी १ अर्ब ४८ कराेड रूपैयाँकाे ३२ दशमलव १३ प्रतिशतका दरले ४७ कराेड ५५ लाख रकम बराबरकाे प्रति शेयर रू.१०० अंकित दरकाे ४७ लाख ५५ हजार कित्ता आईपीओमध्ये ७४ हजार कित्ता कर्मचारीहरुको लागि, २ लाख ३७ हजार ८०० कित्ता सामुहिक लगानी कोषको लागि र ४४ लाख ४३ हजार २०० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

प्रतिकित्ता १०० रुपैयाँको दरले उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको