Like us!
Follow us!
Connect us!
Watch us!

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

निशा हुमाँगाई

आइतबार, १४ असार २०७७, ११ : ५९ मा प्रकाशित

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

अर्थ संसार, काठमाडौं – सुन चाँदीकाे मूल्यले लगातार उकालाे यात्रा तय गरिरहेकाे छ ।

लगातार बढिरहेकाे सुनकाे मूल्य आज (आइतबार) पनि ताेलामा ७ सय रुपैयाँले बढेर प्रतिताेला ९१ हजार ३ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय ६० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, आइतबार चाँदी मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएकाे छ । 

शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँ, तेजावी सुन प्रतितोला ९० हजार १६० रुपैयाँ र चाँदी प्रतितोला ९४० रुपैयाँमा कारोबार भएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको