Like us!
Follow us!
Connect us!
Watch us!

इप्पानको निर्वाचनमा प्रोक्सी खारेज गर्न सूर्य बहादुर अधिकारी प्यानलको माग !

अर्थ संसार

आइतबार, १४ असार २०७७, १६ : २६ मा प्रकाशित

इप्पानको निर्वाचनमा प्रोक्सी खारेज गर्न सूर्य बहादुर अधिकारी प्यानलको माग !

अर्थ संसार, काठमाडौं– स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को निर्वाचनमा प्रोक्सीको खारेज गर्न सूर्य बहादुर अधिकारी प्यानलले माग गरेको छ । इप्पानको भोली अर्थात असार १५ गते कार्यालय कमलादीमा निर्वाचन हुँदैछ ।

प्रोक्सीबाट निर्वाचन गर्ने व्यवस्थाप्रति गम्भिर ध्यान आकर्षण भएको भन्दै संस्थाको विधानमा प्रोक्सी सम्बन्धी कुनै पनि व्यवस्था नभएको सूर्य बहादुर प्यानलको भनाई छ । 

प्रोक्सी सम्बन्धी व्यवस्था हेर्दा मतदाता नामावलीमा प्रकाशित मतदाताको हैसियत के हुने, प्रोक्सी दिँदा कम्पनी भित्रको व्यक्ति मात्रलाई दिन मिल्ने वा वाहिरकोलाई दिने भन्ने स्पष्ट व्यवस्था नभएको, प्रोक्सी दिने र लिने व्यक्तिको परिचय खुल्ने पर्ने नपर्ने एकिन भएको, कुनै कम्पनीको दोहोरो प्रोक्सी दिदाँ कुन प्रोक्सी मान्य हुने स्पष्ट  भएको र निर्वाचन कार्यक्रम भन्दा अगाडि मितिको प्रोक्सी मान्यता हुने नुहने स्पष्ट नभएको साथै प्रोक्सीको लागि छुटै मतदान समय व्यवस्था नदिएका, प्रोक्सी दिने व्यक्ति स्वयम उपस्थित भएको खण्डमा प्रोक्सी स्वत ः वदर हुने हुँदा यो वातावरणले स्वच्ट र निष्पक्ष निर्वाचन सम्पन्न नहुँदन हुँदा प्रोक्स व्यवस्था खारेज गरी मतदाता नामावलीको आधारमा निर्वाचन गराउन अधिकारी समूहले इप्पानमा निवेदन दिएका छन् ।

निर्वाचनको मैदानमा  जलविद्युत उद्यमी द्धय कृष्ण आचार्य र सूर्य प्रसाद अधिकारी आ आफ्नो प्यानल लिएर उत्रिएका छन् । 

इप्पानको निर्वाचन : कृष्ण आचार्य भर्सेस सूर्यप्रसाद अधिकारी ! 

इप्पानको चुनावमा महासचिवको महाभिडन्त : शेर्पा भर्सेस डागी 

इप्पान अध्यक्षमा कृष्ण आचार्यको दाबी :उम्मेदवारी जलविद्युत विकास र लगानीकर्तालाई उचित प्रतिफलको लागि !

इप्पान अध्यक्षमा सूर्य प्रसाद अधिकारीको दाबी : भन्छन उम्मेदवारी नीजि जलविद्युत क्षेत्रलाई जोगाउन !

जलविद्युत क्षेत्रलाई सरकारले बत्ति बाल्ने वा निभाउने अर्थमा बुझ्यो,६ खर्ब लगानी देखेन-मोहनकुमार डागी

इप्पानमा कार्यसमितिको सिट मात्र ओगट्ने, काम नगर्ने प्रचलनको हामी भयो : गोरे शेर्पा- जलविद्युत उद्यमी

इप्पानको चुनावमा बलराम खतिवडाको आग्रह : प्रोक्सी नदिनुहोला, भोट हाल्न आउनुहोला !

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको