अर्थ संसार, काठमाडौं – काेराेना महामारीबाट सिर्जित लकडाउनका कारण विगत तीन महिना अर्थात चैत्र १० गतेबाट बन्द भएकाे शेयर बजार आज (असार १५ गते, साेमबार) बाट खुल्ने भएकाे छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को हिजाे (आइतबार) साँझ बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार नियमित शेयर काराेबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अर्थात ४ घन्टा खुल्ला गरिने भएकाे छ ।
नेपाल धितोपत्र बोर्डले दिएकाे निर्देशन अनुसार सर्किट ब्रेकर, मूल्य परिवर्तन सीमा लगायतका अन्य व्यवस्थाहरूमा भने लकडाउन अघिकै अर्थात चैत्र १० गतेभन्दा अगाडि कै नियम लागू हुने नेप्सेले जनाएकाे छ ।
नेप्सेले प्रकाशन गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस