Like us!
Follow us!
Connect us!
Watch us!

रैराङ  हाइड्रोपावरले ह्वात्तै बढायाे नाफा

निशा हुमाँगाई

सोमबार, १५ असार २०७७, ११ : ०३ मा प्रकाशित

रैराङ  हाइड्रोपावरले ह्वात्तै बढायाे नाफा

अर्थ संसार, काठमाडौं –  रैराङ  हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३ करोड ६९ लाख ४ हजार २ सय ६६ रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ११ लाख ७ हजार ५ सय ६९ रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर १० करोड ३७ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर १८ लाख ६६ हजार रुपैयाँ मात्र नाफा आम्दानी गरेको थियाे ।

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीकाे सञ्चालन मुनाफा पनि १५ लाख ४९ हजार रुपैयाँबाट बढेर ८ करोड ८८ लाख ६३ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी ५६ करोड रुपैयाँ, जगेडा कोषमा ३ करोड ७० लाख रूपैयाँ, प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५९ पैसा र प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ७९ पैसा रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको