Like us!
Follow us!
Connect us!
Watch us!

९८ दिनपछि खुलेको शेयर बजारमा गयो पहिरो !

निशा हुमाँगाई

सोमबार, १५ असार २०७७, १५ : ३७ मा प्रकाशित

९८ दिनपछि खुलेको शेयर बजारमा गयो पहिरो !

अर्थ संसार, काठमाडौं – लगभग तीन महिनापछि अर्थात आज (असार १५ गते, साेमबार) बाट खुलेकाे शेयर बजारले पहिलाे दिन नै ओरालाे यात्रा तय गरेकाे छ ।आज बजार खुलेको ४० मिनेटमै ४ प्रतिशतको नकारात्मक सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार स्थगित भएकाे थियाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक १२.८७ अंकले घटेकाे छ । साेमबार शेयर बजार १२.८७ अंकले घटेर एक हजार १८८.७० मा पुगेकाे छ । नेप्से १.०७ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.०३ अंकले घटेर २५६.२९ मा पुगेको छ ।

कूल १३० वटा कम्पनीकाे ९ लाख ७० हजार ७६ कित्ता शेयर खरिदबिक्री हुँदा ३४ करोड ७७ लाख ७१ हजार ८ सय ३३ रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज ८ वटा उपसमूहको शेयर घटेकाे छ भने ४ वटा उपसमूहकाे शेयर बढेकाे छ ।

साेमबार व्यापार ३९.३४ अंक, उत्पादन १०२.९८ अंक, अन्य २०.०६ अंक र लाइफ इन्स्योरेन्स २३७.६२ अंकले बढेकाे छ ।

त्यस्तै, यता बैंकिङ २५.२२ अंक, हाेटल २६.४४ अंक, विकास बैंक ६३.०६ अंक, जलविद्युत १३.३४ अंक, फाइनान्स ४.०९ अंक, निर्जिवन लाइफ १०१.४६ अंक, माइक्राेफाइनान्स ३९.३७ अंक र सामूहिक लगानी काेष ०.०५ अंकले घटेकाे छ ।

त्यसैगरी, साेमबार सबैभन्दा बढी हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । कम्पनीको ३ करोड ४३ लाख ६८ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

           हेराैं आजकाे शेयर तालिका :

 
5ef9bec0bf47a.jpg 5ef9becc84193.jpg 5ef9bed55e6cb.jpg 5ef9bedbe2430.jpg 5ef9bee46cc5c.jpg 5ef9beea7e6f3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको