Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना कोषमा नेपाल जग्गा तथा आवास विकास संघको ३१ लाख सहयोग

निशा हुमाँगाई

सोमबार, १५ असार २०७७, १७ : ५६ मा प्रकाशित

कोरोना कोषमा नेपाल जग्गा तथा आवास विकास संघको ३१ लाख सहयोग

अर्थ संसार, काठमाडौं - नेपाल जग्गा तथा आवास विकास संघले नेपाल सरकारले कोरोना भाइरसको सङ्क्रमणका लागि स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा ३१ लाख रूपैयाँ सहयोग गरेको छ ।

कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण र प्रभावितका लागि सरकारद्वारा गरिएको प्रयासलाई साथ दिन संघ र संघका सदस्यहरूबाट संकलन गरिएकाे उक्त रकम सहयाेग गरिएकाे संघले जनाएकाे छ ।

संघका अध्यक्ष मीनमान श्रेष्ठले नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडालाई उनकै कार्यकक्ष, अर्थ मन्त्रालयमा भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका महासचिव भेषराज लोहनीले बताएका छन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको