Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेका प्रमुख साउदलाई बस्यालको जवाफ : नेपालको जस्तो घटिया सिस्टम कहिले देखेको छैन !

अर्थ संसार

मंगलबार, १६ असार २०७७, ०५ : ०७ मा प्रकाशित

नेप्सेका प्रमुख साउदलाई बस्यालको जवाफ : नेपालको जस्तो  घटिया सिस्टम कहिले देखेको छैन !

अर्थ संसार, काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाइन राम्रोसँग चालाउन नजान्नेले अनलाइन प्रणालीमा समस्या रहेको भन्दै बिरोध गरेको आरोप लगाएपछि लगानीकर्ताले उक्त भनाईको खण्डन गरेका छन् ।

जो लगानीकर्ताले यूजर नेम, पासवर्ड लिएको छैन, बैंक इन्ट्रिग्रेसन गरेर कारोबार गरेको छैन त्यही लगानीकर्ताले अनलाइनमा समस्या छ भनेर कराउँदै आएको साउदले सुनाए ।  अनलाइनमा समस्या छ कि छैन भनेर थाहा पाउन अनलाइनबाट कारोबार गरेर हेर्न समेत उनले आग्रह गरे । नेप्सेका प्रमुख साउदको यो भनाईलाई शेयर विश्लेषक विष्णु प्रसाद बस्यालले यसरी खण्डन गरेका छन् ।

विगत 12 बर्ष देखि अनलाइन ट्रेडिङ सिस्टम चलाएको अनुभब छ। नेपालको जस्तो घटिया सिस्टम कहिले देखेको छैन। एक पटक वा दुई पटक टेक्निकल समस्या आउनु भनेको सामान्य कुरा हो। तर बारम्बार यसरी एन्ड यूजर लाई दुख दिने काम विश्वमा कहीँ पनी हुँदैन। अझै लगानीकर्ता ले नै सिस्टम चलाउन जानेनन् भनेर दोष  दिनु त झनै गैरजिम्मवारपूर्ण अभिव्यक्ति हो।

म च्यालेन्ज का साथ भन्न सक्छु यदि एउटा अन्तर्राष्ट्रिय आईटी कम्पनीबाट सिस्टम अडिट गराउने हो भने त्यो कम्पनीले कामै नलाग्ने सिस्टम भनेर रिपोर्ट दिन्छ। नेप्सेले इमान्दारी पूर्वक आत्म मूल्यांकन गर्नु जरुरी छ। समस्या छ भनेर स्वीकार नगरे कसरी सुधार गर्न सकिन्छ? फेरि YCO जस्तो प्राइभेट कम्पनीको गल्तीलाई जति खेर पनि ढाकछोप गर्ने प्रयास गर्नु को रहस्य बुझ्न सकिएन?

Share Sambad with Bishu Prasad Basyal 

अर्को कुरा नेप्सेले pledge share बेच्न नपाउने व्यवस्था तथा एउटा demate अकाउन्ट बाट एउटा मात्र ब्रोकरको मा कारोबार गर्न पाउने व्यवस्था गरेको छ त्यो अगाडि जाने भन्दा पछाडि जाने कदम हो। नेप्सेले ट्रेडिङको वातावरणलाई सहज गर्ने हो कि दुख मात्र दिने परीपञ्च गर्ने हो? कृपया प्रस्ट पारी दिनु पर्यो।

शेयर लगानीकर्ता कमल पन्थीको आग्रह:हल्लाको पछि नलागौं, risk र reward क्यापासिटी हेरेर लगानी गरौं

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको