Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट इन्स्योरेन्सले डाक्यो साधारण सभा, शेयरधनीलाई यस्ताे आग्रह

निशा हुमाँगाई

मंगलबार, १६ असार २०७७, ०९ : १८ मा प्रकाशित

एभरेष्ट इन्स्योरेन्सले डाक्यो साधारण सभा, शेयरधनीलाई यस्ताे आग्रह

अर्थ संसार, काठमाडौं – एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ औँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे असार १५ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा श्रावण ६ गते मंगलबार अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा दिनको २ बजेबाट शुरु हुनेछ ।

कम्पनीले साधारण सभा प्रयाेजनार्थका लागि असार २५ गते एक दिनका लागि शेयर दाखिला खारेज बन्द गर्नेछ । तसर्थ असार २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

त्यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

कम्पनीले हाल विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरसकाे जाेखिमलाई मध्यनजर गर्दै शेयरधनी लगायत सभामा उपस्थित हुने सम्पूर्ण व्यक्तिहरूलाई तल उल्लेख गरे अनुसारकाे विशेष सुरक्षा अपनाउन आग्रह गरेकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको