Web Analytics Made Easy - StatCounter
बुधबार, २४ असार २०७७
नेप्सेको उकालाे यात्रा सुरू (अपडेट)
मङ्गलबार, १६ असार २०७७

अर्थ संसार, काठमाडौं – कारोबार खुल्ला भएकाे दाेश्राे दिन नेप्सेले उकालाे यात्राकाे सुरू गरेकाे छ । लगभग तीन महिनापछि हिजाे (असार १५ गते, साेमबार) बाट खुलेकाे शेयर बजारले पहिलाे दिन नै ओरालाे यात्रा तय गरेकाे थियाे । हिजाे बजार खुलेको ४० मिनेटमै ४ प्रतिशतको नकारात्मक सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार स्थगित भएकाे थियाे ।

आज भने शेयर बजार खुलेको २० मिनेट जाँदा शेयर कारोबार मापक नेप्से परिसूचक १५.३० अंकले बढेकाे छ । याे समाचार तयार पार्दा सम्म कूल ६५ वटा कम्पनीकाे ७४ हजार ५४६ कित्ता शेयर खरिदबिक्री हुँदा ४ करोड ७७ लाख ६४ हजार ४ सय ३५ रुपैयाँको कारोबार भएकाे छ ।

 

 

 
Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved