अर्थ संसार, काठमाडौं – मेगा बैंक नेपाल लिमिटेड र गण्डकी विकास बैंक लिमिटेडकाे एकीकृत कारोबार गर्ने मिति तय भएकाे छ । बैंकले मंगलबार एक सूचना प्रकाशन गर्दै असार २१ गते आइतबारबाट मेगा बैंकको नामबाट एकीकृत कारोबार गर्न लागेको जानकारी दिएकाे छ ।
दुवै बैंककाे जेठ २१ गते सम्पन्न विशेष साधारण सभाले प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए । यसैगरी, दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १४ गते अन्तिम स्वीकृति दिइसकेका छन् ।
हाल मेगा बैंकको चुक्ता पूँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रूपैयाँ छ भने गण्डकी विकास बैंकको चुक्ता पूँजी २ अर्ब ७५ करोड रूपैयाँ रहेको छ । दुवै बैंक एक भएपश्चात चुक्ता पूँजी १३ अर्ब १३ करोड ८६ लाख २१ हजार रूपैयाँ पुग्नेछ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 
 
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस