Like us!
Follow us!
Connect us!
Watch us!

वोमी लघुवित्तको साधारण सभा आज हुँदै, शेयरधनीलाई लाभांश कति ?

निशा हुमाँगाई

शुक्रबार, १९ असार २०७७, ०७ : १८ मा प्रकाशित

वोमी लघुवित्तको साधारण सभा आज हुँदै, शेयरधनीलाई लाभांश कति ?

अर्थ संसार, काठमाडौं – वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आठाैँ वार्षिक साधारण सभा आज (असार १९ गते, शुक्रबार) हुँदैछ ।

संस्थाकाे असार ३ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा बनेपा नगरपालिका - १४, साँगा, काभ्रेस्थित कम्पनीकाे केन्द्रीय कार्यालयमा बिहान १०:३० बजेबाट सुरू हुनेछ । 

सभामा संस्थाकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने गर्ने विशेष प्रस्ताव पारित गरिँदैछ ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनार्थका लागि फागुन ३० गते शुक्रबारबाट चैत्र १६ गतेसम्म संस्थाकाे शेयर दाखिला खारेज बन्द गरेकाे थियाे । तसर्थ चैत्र १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

त्यसैगरी, सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, संस्थाकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि ताेकिनेछ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको