Like us!
Follow us!
Connect us!
Watch us!

छ्याङ्दी हाइड्रोपावरको अधिकांश सूचकहरू उत्साहजनक (विवरणसहित)

निशा हुमाँगाई

शुक्रबार, १९ असार २०७७, १२ : ३९ मा प्रकाशित

छ्याङ्दी हाइड्रोपावरको अधिकांश सूचकहरू उत्साहजनक (विवरणसहित)

अर्थ संसार, काठमाडौं –  छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ करोड २७ लाख १४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत वर्षकाे तुलनामा १० प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले १ कराेड ४१ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ४ करोड ५७ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे तुलनामा १० प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ४ करोड १५ लाख ६१ हजार रुपैयाँ नाफा आम्दानी गरेको थियाे ।

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीकाे सञ्चालन मुनाफा पनि ३ करोड २५ लाख ९५ हजार रूपैयाँबाट बढेर ३ करोड ९३ लाख १६ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी २८ करोड ३५ लाख रुपैयाँ, जगेडा कोषमा १ करोड २७ लाख १४ हजार रूपैयाँ, प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३२ पैसा र प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ४८ पैसा रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको