Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ भवनमा नागरिक लगानी कोषको साधारणसभा सम्पन्न, प्रस्तावित एजेण्डा पारित (फोटोफिचर)

अर्थ संसार

शनिबार, २० असार २०७७, १२ : ५२ मा प्रकाशित

नयाँ भवनमा नागरिक लगानी कोषको साधारणसभा सम्पन्न, प्रस्तावित एजेण्डा पारित (फोटोफिचर)

अर्थ संसार, काठमाडौं-नागरिक लगानी कोषको २५ औं  वार्षिक साधारणसभा शनिबार  कोषको नयाँ भवन परिसर  नयाँ बानेश्वर, काठमाडौंमा  सम्पन्न  भएको छ ।

 साधारणसभाले  आथिक वर्ष २०७५/ ०७६  को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याइएको प्रस्तावित २२ प्रतिशत बोनस शेयर र १.१६ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) र बोनस शेयर वितरण पश्चात कायम हुने शेयरको १ : ०.८२८४  अर्थात ८२.८४ प्रतिशतका दरले हुन आउने हकप्रद शेयर निश्कासन गर्ने स्वीकृत लगायतको प्रस्ताव पारित गरेको छ।

नागरिक लगानी कोषले पारित गर्यो २२% बोनस | अध्यक्ष प्रा.डा रामचन्द्र भट्टराईले गरे यस्तो प्रतिवद्धता

साधारणसभा शेयरधनीलाई सम्बोधन गर्दै कोषका अध्यक्ष प्रा.डा रामचन्द्र भट्टराईले अहिलेको अवस्थामा कोषको लगानीमा व्याजदर घट्दै गएको यो परिस्थिलाई अवसरको रुपमा लैजाने बताए । आगामि वार्षिक साधारणसभाहरु समयमै गर्ने बचन समेत लगानीकर्ताहरुलाई कोषका अध्यक्ष प्रा.डा भट्टराईले दिएका छन् ।

११ बजे शुरु भएको वार्षिक साधारणसभा १२ नबज्दै सकिएको थियो ।साधारणसभामा करिव ५० जना भन्दा बढीको सहभागि रहेको थियो ।

यो पनि पढ्नुहोस्

एनआईसी एशिया लद्युवित्तको आइपिओ बाँडफाँड, योग्य सवैको हातमा शेयर ! 

भोलीदेखि साधना लद्युवित्तको आइपिओ, कति कित्ताको लागि दिने आवेदन ? c

 

5f002c068b090.jpg 5f002c08a06c0.jpg 5f002c0a8225e.jpg 5f002c0ca8e03.jpg 5f002c0eb3688.jpg 5f002c1072317.jpg 5f002c124e554.jpg 5f002c140e557.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको