Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकामा बस्ने नेपालीले धुमधामसँग मनाए दशैं (फोटो फिचर)

बुधबार, २६ असोज २०७३, १५ : २३ मा प्रकाशित

अमेरिकामा बस्ने नेपालीले धुमधामसँग मनाए दशैं (फोटो फिचर)

अर्थ संसार 
काठमाडौं–चाडबाडले कुनै सीमाना राख्दैन । अमेरिकामा रहेका नेपालीले समेत बडादशैं धुमधामसँग मनाएका छन् । 
ब्यस्त दैनिकीबीच समय निकालेर नेपाली दाजुभाइ दिदीबहिनीसँग दशैं मनाएको न्युयोर्कमा रहेकी विनिता तामाङले बताइन् । नेपालमा जस्तै जमरा राखेर चामल, दही र अबिरले मुछेको टिका निधारमा लगाएर हर्षोल्लासपूर्वक दशैं मनाएको तस्बिर नेपालीले पोस्ट गरिरहेका छन् । 
यस वर्ष अमेरिकामा दशैंको शुभ साइत सूर्योदयको तीनघण्टापछि उत्तम थियो । अमेरिकाका पूर्वी भागदेखि पश्चिमी भागमा समय तीन घन्टाको फरक पर्छ । त्यसैले राज्य अनुसार टिकाको साइत फरक थियो । 
अमेरिकामा बस्ने नेपाली सबै काममा ब्यस्त हुने भएकाले उनीहरुले साइत पर्खेर बसेनन् । दशैंको टिका लगाउन साइत हेरिबस्ने चलन छैन । 
अमेरिकामा बस्ने नेपालीले मनाएको टिकाका केही तस्बिर सामाजिक संजालबाट यहाँ साभार गरिएको छ । 

57fe04f2b6187.jpg 57fe04f63844f.jpg 57fe04f768c41.jpg 57fe04f7e40ac.jpg 57fe04f99218e.jpg 57fe04fb48c8a.jpg 57fe04fc9b470.jpg 57fe050065cfb.jpg 57fe05007e415.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको