Like us!
Follow us!
Connect us!
Watch us!

किन सर्‍याे नेशनल हाइड्राेपावरकाे साधारण सभा ? अब कहिले हुन्छ ?

निशा हुमाँगाई

सोमबार, २२ असार २०७७, १० : २८ मा प्रकाशित

किन सर्‍याे नेशनल हाइड्राेपावरकाे साधारण सभा ? अब कहिले हुन्छ ?

अर्थ संसार, काठमाडौं – नेशनल हाइड्राेपावर कम्पनी लिमिटेडकाे हिजाे (असार २१ गते, आइतबार) गर्ने भनिएकाे वार्षिक साधारण सभा स्थगित भएकाे छ । 

कम्पनीकाे जेठ २८ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले कम्पनीकाे २३औंं वार्षिक साधारण सभा हिजाे (असार २१ गते आइतबार) सि.एम.डि फुडल्यान्ड, टंगाल, काठमाडाैँमा गर्ने निर्णय गरेकाे थियाे । तर उक्त साधारण सभा सञ्चालन गर्नका लागि गणपुरक संख्या कम्पनीकाे नियमावलीकाे नियम १६(ख) र कम्पनी ऐन २०६३ काे दफा ७३(२) बमाेजिम उपस्थित शेयरधनीहरूकाे गुणपुरक संख्या नपुगी स्थगित गरिएकाे कम्पनीले जनाएकाे छ ।

यसैगरी, कम्पनीकाे हिजाे (असार २१ गते आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले  गरेकाे निर्णय अनुसार अब उक्त सभा असार २९ गते साेमबार सि.एम.डि फुडल्यान्ड, टंगाल, काठमाडाैँमा बिहान १० बजेबाट सुरू हुनेछ ।

सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको