Like us!
Follow us!
Connect us!
Watch us!

समापन भाे गरगहनाको परिक्षण तालिम

निशा हुमाँगाई

सोमबार, २२ असार २०७७, ११ : ३३ मा प्रकाशित

समापन भाे गरगहनाको परिक्षण तालिम

अर्थ संसार, काठमाडौं – गरगहनाको परिक्षण तालिम समापन भएकाे छ ।

नेपाल सरकार, अर्थ मंन्त्रालय, भंसार विभाग अन्तर्गतको त्रिभुवन विमानस्थल भंसार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आयोजनामा उक्त भंसार कार्यालयमा कार्यरत कर्मचारीहरूका लागि सुन, चाँदी, हीरा तथा सुनचाँदीका गरगहना परीक्षण सम्बन्धि ५ दिने तालिम कार्यक्रमको समापन भएको हाे ।

उक्त कार्यक्रममा प्रमुख अतिथि, भंसार विभागका महानिर्देशक सुमन दाहालबाट नियामक निकायमा यस किसिमको गरगहना सम्बन्धि प्राविधिक तालिम पहिलो र ऐतिहासिक भएको बताउँदै देशभरीका सम्बन्धित कर्मचारीहरूलाई प्रशिक्षणको व्यवस्था गर्दै जान महासंघबाट सहयोग हुने अपेक्षा राखिएको बताएका छन् ।

साथै, उनले अत्यन्त छोटो समयको बाबजुत पनि यस किसिमको प्रशिक्षण तालिम कक्षाको व्यवस्था गरिदिएकोमा प्रशिक्षक तथा महासंघलाई धन्यवाद व्यक्त गरेका छन् । प्रशिक्षार्थी कर्मचारीहरूबाट यस तालिमबाट प्राप्त भएको अनुभव सुन्न पाउँदा आफू खुशी भएको उनले बताए ।

सो अवसरमा कार्यालय प्रमुख शम्भु प्रसाद मरासिनिले विज्ञहरूको कमिका कारणले भंसार चेक जाँचमा जटिल समस्या आईरहेको बेला यस परिक्षण तालिमबाट समस्या समाधान हुने बताएका छन् ।
 
समापन कार्यक्रमा प्रशिक्षार्थीहरूद्वारा उक्त तालिमबाट सुनचाँदी गरगहना परिक्षण सम्बन्धि ठूलो ज्ञान पाएको बताएका थिए ।

त्यसैगरी, समापन कार्यक्रमको अध्यक्षता गर्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले यस किसिमका तालिमहरूले निजी तथा सरकारी निकाय विच विश्वासको वातावरण सिर्जना हुने र निजी र सरकारी सहकार्यबाट नै राष्ट्रको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए र नियामक निकायमा क्षेत्रगत विज्ञहरू भई दिएमा राजस्व अभिवृद्धि र निर्यात प्रवद्र्धनमा पनि अहम भूमिका खेल्ने विश्वास रहेकाे समेत बताएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको