Like us!
Follow us!
Connect us!
Watch us!

घट्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

निशा हुमाँगाई

सोमबार, २२ असार २०७७, १२ : ०७ मा प्रकाशित

घट्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा हिजाे (आइतबार) स्थिर रहेकाे सुनकाे मूल्य आज (साेमबार) भने घटेकाे छ ।

साेमबार सुनकाे मूल्य ताेलाकाे ३ सय रूपैयाँले घटेर प्रतिताेला ९० हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, साेमबार तेजावी सुनको भाउ पनि प्रतितोला ८९ हजार ७ सय ६० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, साेमबार चाँदीकाे मूल्य भने स्थिर रहेको छ । आज पनि चाँदी प्रतिताेला ९ सय ४० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको