Like us!
Follow us!
Connect us!
Watch us!

झापा इनर्जीले डाक्याे पहिलो साधारण सभा, कहाँ, कहिले र के-के छन् एजेन्डा ?

निशा हुमाँगाई

सोमबार, २२ असार २०७७, १४ : ४० मा प्रकाशित

झापा इनर्जीले डाक्याे पहिलो साधारण सभा, कहाँ, कहिले र के-के छन् एजेन्डा ?

अर्थ संसार, काठमाडौं – झापा इनर्जी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे असार २१ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे प्रथम वार्षिक साधारण सभा साउन १३ गते मंगलबार कम्पनीकाे रजिष्टर्ड कार्यालय बिर्तामाेड नगरपालिका वडा नम्बर ४, झापामा बिहान १० बजेदेखि सुरू हुनेछ ।

सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने, कम्पनीकाे सञ्चालक समिति चयन गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको