Like us!
Follow us!
Connect us!
Watch us!

किन घट्यो युनाइटेड मोदीको नाफा ?

निशा हुमाँगाई

मंगलबार, २३ असार २०७७, १२ : ०९ मा प्रकाशित

किन घट्यो युनाइटेड मोदीको नाफा ?

अर्थ संसार, काठमाडौं –  युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ४ करोड ४ लाख रूपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत वर्षकाे तुलनामा ३१ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ५ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर २३ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर २३ करोड रुपैयाँ नाफा आम्दानी गरेको थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब १५ करोड रुपैयाँ, जगेडा कोषमा ५ करोड २३ लाख रूपैयाँ, प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५१ पैसा र प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ५५ पैसा रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

h2>साधनाको IPO घर, अफिसमा बसीबसी मोवाइलबाटै तुरुन्त यसरी भर्नुहोस् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको