Like us!
Follow us!
Connect us!
Watch us!

पैसा ठिक पार्नुहोस्, अजोड इन्स्योरेन्सको आइपिओ भोलीदेखि बजारमा !

अर्थ संसार

बुधबार, २४ असार २०७७, १० : ५२ मा प्रकाशित

पैसा ठिक पार्नुहोस्, अजोड इन्स्योरेन्सको आइपिओ भोलीदेखि बजारमा !

अर्थ संसार, काठमाडौं -अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ) भोलीबाट अर्थात  असार २५ गते  बजारमा निश्कासन हुँदैछ । 

कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये, ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात १ लाख ५० हजार सामुहिक लगानी कोषलाई र बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । 

बैंकलाई ब्रोकर लाइसेन्स ; शेयर बजारमा एकाधिकार तोडियो

उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी, कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

कति दिने आवेदन ?

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले आईपीओमा छिटोमा असार २९ गते र ढिलोमा साउन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौं, अजोड इन्स्योरेन्सको केन्द्रिय कार्यालय सुन्धारा र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

आईपीओकाे बारेमा अन्य विवरण तलकाे सूचना मार्फत हेर्न सक्नुहुनेछ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको