Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारितसँगै लुम्बिनी जनरल इन्स्योरेन्सकाे १५औं वार्षिक साधारण सभा सम्पन्न

निशा हुमाँगाई

बुधबार, २४ असार २०७७, १४ : ४३ मा प्रकाशित

लाभांश पारितसँगै लुम्बिनी जनरल इन्स्योरेन्सकाे १५औं वार्षिक साधारण सभा सम्पन्न

अर्थ संसार, काठमाडौं – लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १५औं वार्षिक साधारण सभा आज (आषाढ २४ गते, बुधबार) कम्पनीको कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा सम्पन्न भएकाे छ ।

कोभिड–१९ का कारण उत्पन्न जोखिमलाई ध्यानमा राखी आवश्यक सुरक्षाका मापदण्डहरू अपनाई, भर्चुवल प्रविधीलाई समेत उपयोग गरी सभा सम्पन्न गरिएकाे कम्पनीले जानकारी दिएकाे छ ।

सभामा कम्पनीका अध्यक्ष मनोहर दास मूलद्वारा प्रस्तुत सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका प्रस्तावहरू पारित गरेको छ । 

यसैगरी, सभाले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट विगतमा कम्पनीले जारी गरेको २०% हकप्रद शेयरले समेत प्राप्त गर्ने गरी चुक्ता पूंजी १ अर्ब ५ करोड ६० लाख रूपैयाँ बराबरको ८.१२५ प्रतिशतले हुन आउने खुद ८ करोड ५८ लाख रूपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने र सो बाहेक कर प्रयोजनको लागि ४२ लाख ९० हजार रूपैयाँ बराबरकाे नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

यसका साथै सभामा सर्वसाधारण शेयरधनीहरूको समूहबाट गणेश राज रेग्मी र कमल भटृराई आगामी चार वर्षको लागि निर्विरोध निर्वाचित भएको घोषणा गरिएकाे छ । 

त्यस्तै, सभामा आर्थिक वर्ष २०७५/०७६ मा अघिल्लो वर्षको तुलनामा बीमा शुल्क ८ प्रतिशतले वृद्धि भई १ अर्ब ३६ करोड बीमा शुल्क आर्जन भएको जानकारी गराइएकाे छ ।


 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको